गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरी स्थित राजमार्गमा बसको ठक्करबाट गैँडाकोट ११ का ७ वर्षका बिशाल श्रेष्ठ र स्याङ्जा निवाशी उहाँकी मामा घरकी हजुरआमा ५५ बर्षीया श्रीमाया मानन्धरको मृत्यु भएको हो ।


शुक्रबार राति ९ वजे गैँडाकोट नगरपालिका वडा नं. १० नारायणगढबाट कावासोती जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसको ठक्करबाट श्रेष्ठ र मानन्धरको ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट बालक बिशालको घटनास्थलमै र हजुरआमा श्रीमायाको चितवनको पुरानो मेडिकल कलेजमा राति करिब साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । दुर्घटना लगत्तै बस र त्यसका चालकलाईे नियन्त्रणमा लिइएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version