काठमाण्डौ – हलिया मुक्ति घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर १६ वर्ष भइसक्दा पनि पुनः स्थापना नहुँदा कष्टकर जीवन जिउन बाध्य भएको मुक्त हलियाको गुनासो छ ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका तीनसहित १२ जिल्लामा रहेका हलियालाई मुक्तिको घोषणा गरेकोमा १६ वर्षसम्म पुनर्स्थापना पूरा नभएको हो । नेपाल सरकारले प्रमाणीकरण गरेका १६ हजार नौ सय ५३ परिवारमध्ये अहिलेसम्म १३ हजार पाँच सय ४६ परिवारले मात्रै पुनः स्थापना प्याकेज पाएका राष्ट्रिय मुक्त हलिया समाज महासंघका नेपालका अध्यक्ष ईश्वर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार नौ प्रतिशत परिवारले पुनःस्थापना प्याकेजको अन्तिम किस्ता पाएका छैनन् भने झन्डै २० प्रतिशत मुक्त हलिया पुनः स्थापनाको पर्खाइमा छन् ।

पुनः स्थापना गरिएकामा पनि शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण, समावेशीकरणसम्बन्धी मुद्दा कार्यान्वयन नहुँदा कैयौँ मुक्त हलिया परिवार पुनः हलिया बस्न बाध्य भएका छन् । संघीय सरकारले गठन गरेको मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवा समुदायको वस्तुस्थिति अध्ययन समितिका सदस्य एवम् हलिया अधिकारकर्मी हरि श्रीपाइली सरकारले तदारुकता देखाए बाँकी रहेका मुक्त हलियाको पुनः स्थापनामा समय नलाग्ने बताउनुहुन्छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version