सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक चल्न दिने बाटो खोलेको छ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटक सेवा सुचारु गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो।

भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो। तर, प्राधिकरणबाट औपचारिक रूपमा जानकारी नपाएपछि केही सेवा प्रदायकहरूले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन्।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेसँगै अब टिकटक सुचारुको बाटो खुलेको हो।

सरकारले अघिल्लो वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version