काठमाडौं । अभिनेता पल शाहका बुधबार आफ्ना फ्यानहरूबाट घेरिए । फ्यानहरूले उनलाई पूजा-अर्चना गर्नुका साथै महंगा उपहारसमेत दिए ।

कुनै विशेष अवसरबिना ‘पल शाह फ्यान क्लब’ को आयोजनामा शाहलाई एक होटलमा बोलाएर कार्यक्रम गरिएको थियो । कार्यक्रमको ब्यानरमा लेखिएको थियो- रियल हिरो पल शाह फ्यान क्लबको भेटघाट कार्यक्रम । टेबलमा फुलमाला र दियोकलश राखिएको थियो ।

आफूलाई फ्यान क्लबको संयोजक बताउने विराटनगरकी सुनीता क्षेत्रीले यसको नेतृत्व गरेकी थिइन् । कार्यक्रममा अधिकांस महिला फ्यानहरूको उपस्थिति देखिन्थ्यो ।

पल शाह आउँदै गर्दा फूल वर्षाएर स्वागत गरियो । शाहले पानसमा बत्ती बालेर कार्यक्रम सुरूवात गरे । सुनीताले पललाई पूजा गर्दै दूबोको माला लगाइदिइन् । त्यसपछि उपहार दिने क्रम सुरू भयो । सुनीताले पललाई ब्रासलेट उपहार दिइन् । उनी आफैंले ब्रासलेट लगाइदिइन् । अन्य फ्यानहरूले फूलगुच्छासहित विभिन्न उपहार दिए । शाहको हातबाट केक पनि काटियो ।

कार्यक्रममा बोल्दै शाहले फ्यानहरूप्रति आभार व्यक्त गरे । फ्यान क्लबलाई आफ्नो परिवारको संज्ञा दिँदै आफू यो परिवारको सदस्य भएको बताए ।

सुनीताले यो क्लब पहिल्यैदेखि सक्रिय रहेको र आफू संयोजकका रूपमा चिनिन पाएकोमा गौरव व्यक्त गरिन् । उनले शाह एक मायालु र सकारात्मक स्वाभावको कलाकार भएको भन्दै प्रशंसा गरिन् । फ्यान क्लबका मेम्बरहरू निरन्तर बढिरहेको पनि उनले बताइन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version