काठमाडौं—  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती, विष्णुमती र टुकुचा खोला वरिपरि थप संरचना बनाउन नपाइने भन्दै जनतामाझ भ्रम नछर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

अदालतको आदेश अनुसार यी खोला वरिपरि निर्माण निषेधित क्षेत्रको जानकारी महानगरले गराएको भन्दै गलत व्याख्या गरेर जनतामा भ्रम नपुर्‍याउन मेयर शाहको आग्रह छ।

‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो। सर्वोच्च अदालतको आदेश आए पछि हामी  काठमाडौँ महानगरले सो आदेशलाई  सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्।

यी जग्गाहरूमा थप संरचना बनाउन नपाइने भन्दै उनले आदेश अनुसार जनताले जग्गा उपभोग गर्नबाट नरोकेको जानकारी गराएका छन्।

‘त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन। अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ,’ मेयर शाहले भनेका छन्।

अदालतको आदेशलाई महानगरको निर्णय भनेर गलत व्याख्या नगर्न उनले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version