सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ ।
शनिवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले समिति शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताउनु भयो । उहाँले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिने काम लगभग सकिएको बताउनु भयो । उहाँले आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आउनुभएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरेको बताउनु भयो । उहाँले पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग शोधपुछ गरेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आजको बैठकमा हामीले नख्खु कारागारबाट कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थालाई ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आउनुभएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरेका छौँ । पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग शोधपुछ गरेका छौँ । आजै हामीले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि शोधपुछ गरेका छौँ । शोधपुछको अन्तिमतिर लागेका छौँ । शोधपुछलाई तथ्य प्राप्तिको उद्देश्यअनुसार गरिरहेका छौँ । सहकारी ठगी र अरु विभिन्न मुद्दामा जेलमा रहेका व्यक्तिहरु सहकारीका मुख्य व्यक्तिहरु रहेको कारणले उनीहरुलाई नै नसोधी तथ्यमा पुग्न सक्दैन थियौँ । यो क्रम छिटो टुंग्याउने र प्रतिवेदन लेखनको कामलाई अन्तिम रुपमा त्यस काममा केन्द्रित हुनेगरी जुट्नेछौँ ।’
उहाँले समितिले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि शोधपुछ गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version