काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

यात्रुहरू भने अधिकांश हताहति भएको स्रोतले बतायो । उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट धमाधम निकालिरहेको छ । कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी गराइएको छैन ।

जहाजमा १९ जना यात्रु सवार थिए । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । जहाजमा सर्वसाधारण यात्रु थिएनन् ।

रन वे ०२ बाट टेक अफ लिने क्रममा पूर्वतर्फ रन वे २० मा जहाज दुर्घटना भएको हो ।

गृहमन्त्री रमेश लेखक विमानस्थलमा पुगेका छन् । घटनालगत्तै उनी त्यहाँ गएका हुन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version