काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा विद्युत लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधानका लागि छलफल गरेका थिए । सो छलफलमा नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई काटिएका उद्योगमा विद्युत लाइन आजै जोड्न निर्देशन दिएका हुन ।

आज ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग बालुवाटारमा छलफल गरी प्रधानमन्त्री ओलीले काटिएको विद्युत लाइन जोड्न निर्देशन दिएका हुन् ।

‘विद्युतसम्बन्धी समस्या मन्त्रिपरिषद्बाट मिलाउँदै जाउला अहिलेलाई बिजुली जोडिदिन’ भनेर प्रधानमन्त्री ओलीले निर्देशन दिएको छलफलमा सहभागी उद्योगी पशुपति मुरारकाले बताए ।

उनका अनुसार प्रधानमन्त्रीले लाइन काटिएको उद्योगमा आजै जोड्न निर्देशन दिएका हुने ।

उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले प्राधिकरणको बोर्डको बैठक बसेर निर्णय गरेर मात्रै लाइन जोड्ने भनेका थिए, तर प्रधानमन्त्रीले आजै बोर्ड बैठक बसेर काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिनुभयो ।’

ऊर्जामन्त्री खड्काले काटिएका उद्योगमा लाइन जोड्ने विषयमा अहिले छलफल भइरहेको बताए ।

विद्युत प्राधिकरणले केही समयअघि ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काट्न सुरु गरेको थियो ।

यसअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन प्राधिकरण काटेको थियो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version