काठमाडौं- माइक्रोसफ्टको सर्भर डाउन हुँदा संसारभरको अनलाइन गतिविधि प्रभावित भएको छ। माइक्रोसफ्टको एज्योर क्लाउड र माइक्रोसफ्ट ३६५ सेवा मा खराबी आउँदा संसाभरको कम्प्युटर गतिविधि प्रभावित भएको हो।


कम्प्युटिङ र क्लाउड सेवामा संसाभर अधिपत्य राख्ने माइक्रोसफ्टको सेवा प्रभावित भएपछि संसारभका ठूला उद्योग प्रभावित भएका छन्।


एयलाइन्स, सुपरमार्केट, टेलिभिजन, टेलिकम, बैंकिङ सेवा प्रभावित भएको छ। बेलायतमा स्काइ टेलिभिजनको प्रसारण प्रभावित भएको छ भने अष्ट्रेलियमा एउटा टेलिकम प्रभावित भएको छ।


त्यस्तै संसारभरका कयौं एयरलाइन्सको बुकिङमा समस्या आएको छ भने विमानस्थल सेवाको सर्भरमा समस्या आउँदा उडानहरू डिले भएका छन्।

कतिपय अत्यावश्यक मानिने सेवा पनि यसबाट प्रभावित भएका छन्। माइक्रोसफ्टले यो समस्याको पहिचान गरिएको र समाधानका लागि प्रयास भइरहेको जानकारी दिएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version