तीन दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली झनै सक्रिय हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो।

मनसुन थप सक्रिय भई २० असार बिहीबारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ।

यी पाँच दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भीषण (भारी) वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भीषण (धेरै भारी) वर्षाको समेत चेतावनी दिइएको छ। नेपालमा १४ असारदेखि देशभर मनसुन सक्रिय छ। मनसुन सक्रिय भई वर्षा हुँदा बाढीपहिरोका घटना पनि बढेका छन्।

३४ जिल्ला जोखिममा
वर्षाका कारण बाढीपहिरोको जोखिम पनि बढेको छ। यसमध्ये पनि धेरै भीषण वर्षाको आकलन गरिएकाे र यसअघिबाट पनि वर्षा भइरहेका प्रदेशका ३४ जिल्लालाई महाशाखाले रेडजोनमा राखेको छ। 

रेडजोन अर्थात् बाढीपहिरोको जोखिम धेरै रहेका जिल्ला कोशीमा १३ वटा छन्। कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा विपतको जोखिममा छन्। 

यसैगरी, बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा पनि रेडजोनमा छन्। 
गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवपरासी पूर्व र लमजुङलाई पनि महाशाखाले रेडजोनमा राखेको छ।

२६ जिल्ला मध्यम जोखिममा
महाशाखाका अनुसार यो पाँच दिनको अवधिमा लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी,प्युठान, नवलपरासी पश्चिम, रोल्पा  र रुकुम पूर्व पनि रेडजोनमा छन्।

कोशीको उदयपुर तथा मधेशको सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीलाई मध्यम जोखिममा राखिएको छ। गण्डकीको मनाङ पनि मध्यम जोखिममा छ।

त्यस्तै, लुम्बिनीको बाँके, बर्दिया र दाङ, कर्णालीको दैलेख, सुर्खेत र सल्यान मध्यम जोखिममा परेका छन्। सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, दार्चुला, बझाङ र बैतडीलाई पनि मध्यम जोखिममा राखिएको छ।

१६ जिल्ला न्यून जोखिममा
महाशाखाले १६ जिल्लालाई भने न्यून जोखिम भएको क्षेत्रमा राखेको छ। यसमा बागमतीका काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, नुवाकोट र रसुवा छन्।

त्यस्तै, गण्डकीको मुस्ताङ र गोरखा पनि न्यून जोखिम भएका जिल्लामा परेका छन्। कर्णालीको रुकुम पश्चिम,  डोल्पा, जाजरकोट, कालीकोट, मुगु, जुम्ला र हुम्ला पनि न्यून जोखिम भएका जिल्लामा परेका छन् । सुदूरपश्चिममा बाजुरा न्यून जोखिम भएका जिल्लामा परेको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version