काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) अर्थात् मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को आज बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा गर्ने निर्णय गरेको हो।

त्यस्तै त्यसको तालिका भने भोलि सार्वजनिक गर्ने बोर्डले जनाएको छ।

बिहीबार आएको एसईईको नतिजा अनुसार दुई विषयमा मात्रै नन ग्रेडिङ (एनजी) ल्याउने विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका थिए। त्यसको लागि साउन १८ र १९ गते परीक्षाको मिति तोकिएको थियो। तर शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट दुई भन्दा बढी विषयमा एनजी आए पनि मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको थियो। त्यससँगै मौका परीक्षाको मिति समेत परिवर्तन गरिएको हो।

एसईईको सार्वजनिक नतिजा अनुसार ५२ प्रतिशतको एनजी आएपछि सरकारले विद्यार्थीहरुलाई तत्काल मौका परीक्षाको व्यवस्था गरेको हो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version