पेट्रोलियम ढुवानी मजदुरले आइतबारबाट  विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनपछि  निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेसँगै सरकारी पम्पमा पेट्रोल भर्नेको भीड लागेको छ।

नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो। चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पसम्म पुग्न सकेको छैन।

ट्यांकर चालकको संघले विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टी बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गरिने जनाएको छ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी









Share.
Leave A Reply

Exit mobile version