स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन्। उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । दुई दशकअघि गाउँकै वयोवृद्धा यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर हुमनाथ व्यावसायिक तरकारी खेतीमा लागेका थिए ।

उनले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आएका छन् । उनको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । उनले फार्मबाट वार्षिक रु १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा रु आठ लाख बचत गर्ने गरेको दाबी गरे । उनले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आएका छन् ।

किसान हुमनाथले स्थानीय बजार र पोखरामा यहाँ उत्पादित कृषि उपज बिक्री गर्दै आएका छन् । उनले आफ्नो छोरा सन्तोषलाई पनि कृषि पेसामै स्थापित गराउने उद्देश्यले हरेक काममा सरिक बनाउँदै आएका छन् । “विसं २०६२ मा आइपीएम तालिम लिएपछि व्यवसायलाई अझ व्यवस्थित बनाउँदै अगाडि बढेँ”, उनले भने, “हालसम्म सात जति तालिम तथा प्रशिक्षण लिएको छुु, एक–दुईहप्ते तालिमले भन्दा पनि मेरो कृषि कर्मप्रतिको लगाव, निरन्तर, प्रयोग र अभ्यासले मलाई पूर्ण बनाएजस्तो लाग्छ । कृषि पेसाले आफुलाई आत्म सम्मान दिएको उनी बताउँछन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version