काठमाण्डौ – नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक निकाय राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जनाएको हो ।

पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार छानबिनको क्रममा रहेको हुँदा ती संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्काे निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले हिजो निकालेको  सूचनामा उल्लेख छ ।  

Share.
Leave A Reply

Exit mobile version