काठमाडौं । लगालग दुई पटक चुनाव जितेर सत्तामा रहेको भारतीय जनता पार्टी (बीजेपी)को सन् २०१४ को चुनावी मुद्दा थियो- अबका बार मोदी सरकार । सन् २०१९ को नारा थियो- सबका साथ सबका विकास ।

चुनाव २०२४ को लागि भने बीजेपी नेताहरुले नयाँ नारा लगाए- ४०० पार । ५४३ सीट भएको भारतको लोकसभामा ४०० सीट कटाउने नारा थियो यो । तर, आज भएको अन्तिम चुनावी दिनपछि आएका एक्जिट पोलहरुले बीजेपीको ४०० पार गाह्रो भएको देखाएका छन् ।

उसो त सात चरणमा हुने भारतीय चुनावको गत अप्रिल १९ मा भएको प्रथम चरणको चुनावपछि नै बीजेपी नेताहरुले ४०० पारको कुरा सार्वजनिक रुपमा गर्न छोडेका थिए । अर्थात् बीजेपी र एक्जिट पोल दुवैबाट ४०० पार नहुने पक्कापक्की संकेत आएका छन् । भारतीय चुनावी इतिहासमा ४०० पारको कथा नभएको भने होइन ।

कहिले भएको थियो ४०० पारको चुनाव ?

भारतीय चुनावी इतिहासमा एक पटक मात्रै ४०० पार भएको उदाहरण छ । त्यो पार गर्ने दल हो भारतीय राष्ट्रिय कंग्रेस । सन् १९८४ को चुनावमा कंग्रेसले एकल ४१४ सीट ल्याएको थियो ।

भारतकी चर्चित तथा शक्तिशाली महिला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको दुई महिनापछि भएको चुनाव भएकोले धेरैको साथ थियो । सन् १९८४ अक्टोबर ३१ मा इन्दिराको हत्या भएको थियो । त्यसको ठीक दुई महिनामा भएको चुनावमा कंग्रेसको ४०० पार सीट आएको थियो । ४१४ सीट भनेको खसेको मतको ४८.१२ प्रतिशत मत हो ।

आमा इन्दिरा गान्धीको हत्या भएपछि अन्तरिम सरकारका प्रधानमन्त्री भएका राजीव गान्धी नै पछि चुनाव जितेर शक्तिशाली प्रधानमन्त्री भएका थिए । यद्यपि, राजिव गान्धी सरकारले राम्रो काम गरेन । त्यो समयमा प्रमुख विपक्षी २२ सीट ल्याएको भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी थियो । बलियो जनमत र कमजोर विपक्षी हुँदाहुँदै राजीव गान्धीले राम्रो काम गरेर जनताको मत जित्न सकेनन् । त्यही भएर कार्यकाल सकिएपछिको सन् १९८९ को चुनावमा भारी मतले पराजित भयो, जसमा कंग्रेसले १९१ सीटमात्रै ल्याउन सकेको थियो । जनता दलको सरकार बनेको थियो ।

सन् १९८४ मा भएको ४०० पारको ४८.१२ प्रतिशत बोकेको एकल दल भारतमा नयाँ आएको छैन । सन् १९८४ पछिका चुनावमा ४० प्रतिशत मत ल्याएको उदाहरण पनि छैन । सन् २०१९ मा मोदी सरकारले ३७.७ प्रतिशत मतमात्रै ल्याएको थियो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version