नयाँ दिल्ली । भारतीय व्यापारी गौतम अदानीले समूहको व्यापार व्यवसाय विस्तार गर्न लागेका छन् । यतिबेला उनको ध्यान समस्याग्रस्त फिनटेक उद्योगमा छ ।


भारतीय फिनटेक कम्पनी पेटीएमको स्वामित्व किन्ने उनको दाउ रहेको चर्चा चलिरहेको छ । अदानी ग्रुपले पेटीएमको मातृ कम्पनी वनकम्युनिकेशनमा स्वामित्व किन्ने विचार गरेको र यसबारे छलफल जारी रहेको बताइएको छ ।


विजनेश टुडेमा छापिएको खबरअनुसार पेटीएमका संस्थापक र सीईओ विजय शेखर शर्माले मंगलबार यो सम्झौतालाई अन्तिम रुप दिन अहमदावादमा गौतम अदानीसँग उनको कार्यालयमा भेटेका थिए ।
अदानी ग्रुपका अध्यक्ष गौतम अदानी पेटीएमको माउ कम्पनीमा स्वामित्व किन्ने विचार गरिरहेको समाचारमा उल्लेख छ । केही समयअघि पेटएिम बैंक लिमिटेडमाथि भारतीय केन्द्रीय बैंक आईबीआईले कारबाही गरेको थियो । सो कारबाहीले पेटीएमलाई निकै झट्का लागेको थियो ।

मार्च त्रैमासमा कम्पनीले निकै ठुलो घाटा बेहोरेको थियो । यसैबिच अदानीले माउ कम्पनीको केही हिस्सा किन्न रुचि देखाएका हुन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version