चितवन , जेठ १६ – नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदान मार्फत पाठक एमाले चितवनको अध्यक्षमा चुनिएका हुन् । कुल खसेको ७२९ मत मध्ये पाठकले ६०६ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत ल्याए ।

उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउदा उनका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाए ।
सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी भएका छन् । ढुंगानाले ४६६ मत प्राप्त गरे भने उनिसँगै चुनाव लडेका पदमपाणी सुवेदीले २२१ मत ल्याए ।

त्यसैगरी उपसचिव खुल्ला तर्फ मिन बहादुर परियार र महिला तर्फ ज्वाला पुरी (वन)विजयी भएका छन् । त्यसैगरी सदस्यहरु तर्फ जिल्ला खुल्ला महिलामा इश्वरी शर्मा (ढकाल), विमला लामा र अञ्जुदेवी शर्मा (दाहाल) विजयी भएका छन् । जनजाती महिला तर्फ जुना तामाङ विजयी हुँदा जिल्ला युवा खुल्ला तर्फ डा. विनय शर्मा र देवप्रसाद पाठक विजयी भएका छन । त्यसैगरी खुल्ला अल्पसंख्यक तर्फ सदस्यमा पञ्चबहादुर प्रजा विजयी भएका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version