चितवन, जेठ १५ – चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माणको नीतिगत घोषणा र माडी क्षेत्रमा कुनै पनि ठूला योजना तथा कार्यक्रम बजेटमा नआएको भन्दै माडीवासीहरु आक्रोशित भएका छ्न ।
संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक बर्ष २०८१/८२ को बहुप्रतीक्षित बजेटमा माडी क्षेत्र समेटिन नसकेपछि माडीवासी आक्रोशित भएका हुन ।

देशभरमा बजेट मार्फत कयौं योजना र कार्यक्रमहरु सार्वजनिक भएपनि माडी क्षेत्रले आशा र प्रतीक्षा गरेको चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माणको नीतिगत घोषणा वा माडी क्षेत्रका कुनै ठूला योजना तथा कार्यक्रम नसमेटिए पछि प्रधानमन्त्री आफैले बोलेको कुरा पूरा नगरेको समृद्धिका लागि युवा अभियानका अगुवा रामचन्द्र लम्सालले बताउनु भयो । प्रधानमन्त्रीले नै झुठो बोल्नु भयो हामी माडीवासी दुखी छौ , अब आन्दोलनको बिकल्प छैन उहाको भनाइ छ ।

बजेट सार्वजनिक हुनुभन्दा करीब तीन साताअघि नारायणी नदीको सिग्नेचर पुल निर्माणको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकुञ्ज सडक निर्माणलाई बजेटमै उल्लेख गरी समेट्ने बताउनुभएको थियो ।

यसैबीच आजको बजेटले माडी लाई छुन नसकेको भन्दै समृद्धिका लागि युवा अभियानको अगुवाईमा आज साझ माडीको बसन्तपुरमा मशाल जुलुस प्रदशन गरेको छ । माडीबासी लाई गुमराहामा राखेको भन्दै बसन्तपुर बजारमा मसाल जुलुस प्रर्दशन गरिएको हो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version