सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनले अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२४ भब्यताका साथ सम्पन्न गरेको छ । क्याम्पसको विज्ञान विभागको बिध्यार्थिहरुको कल्ब “Club of environmental science saptagandaki” आयोजनामा गरिएको हो । र कल्बका अध्यक्ष हार्दिक राउतको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख उद्येश्य ‘सबैको सहभागिता: दिगो जैविक विविधता’ रहेको थियो | बिद्यार्थी सरोकारवाला तथा बिषय बिज्ञ बिच अन्तर्क्रिया गरी हाल नेपाल लगायत विश्व समुदायमा राहेको जैबिक विविधता हरुको बारे मा छलफल भयो साथै यसमा आयको नकारात्मक प्रभावको न्यूनिकरण तथा अनुकुलनका लागि आवस्यक ज्ञान, सिप र क्षमता हाँसिल गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बिषय बिज्ञका रुपमा वीरेन्द्र बहुमुखी क्याम्पस Department of Zoology का उपप्राध्यापक डा. जगन्नाथ अधिकारीले जैविक विविधताको एतिहास साथै जैविक विविधता जोगाउन गरियको प्रयासहरु र यसको क्षतिले प्रकृतिमा पर्ने प्रतिकुल असरको बारेमा जानकारी गराउनुभएको थियो ।
कर्यक्रम face painting क्यामपस परिसर सरसफाइ र बृक्षरोपन गरि समपन गरियो ।
कार्यक्रममा क्याम्पस प्रमुख खिमलाल दाहालले विज्ञान विभागले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थी विद्यार्थीको ज्ञानमा अभिबृद्धि हुने र सरोकारवाला सबैको प्रयासबाट अहिले नेपालमा भयको जैविक विविधता को बरेमा थप खोज गर्ने क्षमताको विकास हुने हुँदा यस्ता रचनात्मक कार्यक्रममा क्याम्पसको सधैँ साथ र सहयोग हुने बताउनुभयो साथै विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन अनुसन्धानात्मक कार्यक्रममा क्याम्पसले लगानी गर्ने नीति लिएको बताउनुभयो ।
