काठमाडौं । कान्तिपुर प्रकाशक कैलाश सिरोहियाको गिरफ्तारीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी लिएका छन् ।

प्रमुख सञ्चारगृहका सम्पादकहरुले लेखेको संयुक्त पत्र बुझ्दै बुधबार अपराह्न प्रचण्डले अदालतको आदेश पालना गर्दै सिरोहियालाई समात्न प्रहरीलाई निर्देशन दिएको बताए ।

‘हिजो बिहानसम्म पनि म कैलाशजीलाई समाउने बेला भएको छैन, त्यसो नगरौं भन्नेमा नै थिएँ’, सम्पादकहरुको पत्र लिएर बालुवाटार पुगेको प्रतिनिधिमण्डल भेट्दै प्रधानमन्त्रीले भने, ‘तर अदालतले नै पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा मैले त्यसो नगरौं भन्ने अवस्था भएन । त्यसैले कैलाशजीको पक्राउसम्बन्धी मैले जिम्मेवारी लिनुपर्छ, लिन्छु ।’

उच्च स्रोतका अनुसार सिरोहियालाई नागरिकता मुद्दामा पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका थिए ।

कुँवरले प्रधानमन्त्रीलाई एकपटक सोध्ने कि भनेर गृहमन्त्रीसँग आनाकानी गरेपछि उनी चिढिएका थिए । लामिछानेले अदालतको आदेश आइसक्दा पनि ढिलाइ भएको भन्दै आफैं बालुवाटार पुगेर प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक कुँवरलाई टेलिफोन गरी सिरोहियालाई पक्राउ गर्न निर्देशन दिएको स्रोत बताउँछ ।

सत्ता साझेदार एमाले अध्यक्ष केपी ओलीले पनि सिरोहिया पक्राउबारे रुचि देखाएको बालुवाटार स्रोतले बताएको छ । यद्यपि सम्पादकहरुसँग प्रधानमन्त्रीले यसबारे विस्तृत खुलाउन तयार भएनन् ।

‘उहाँले हाम्रो पत्रलाई सकारात्मक रुपमा लिएको सुनाउनुभयो, अदालतको आदेश आइसकेपछि त्यसलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको भन्नुभयो’, पत्र बुझाउन बालुवाटार गएका बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधानले भने, ‘कैलाशजी आवश्यक कानुनी प्रक्रियापछि छुट्नुहोला भन्ने आशा छ भन्नुभएको छ ।’

३१ सम्पादकहरुले बुधबार प्रधानमन्त्रीलाई लेखेको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्रीले प्रेससँग अनावश्यक झमेला सिर्जना गर्ने वा दूरी बढाउने पक्षमा सरकार नरहेको बताएका थिए । उनले पत्रमा व्यक्त भावलाई गम्भीर रुपमा लिएको भन्दै सकारात्मक पहलको आश्वासन दिए ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले सिरोहिया निर्दोष भए रिहा हुने प्रतिक्रिया दिएका थिए ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version