हेटौंडा, ५ जेठ 

बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूका नेतृत्वसङ्ग आर्थिक बर्ष २०८१/०८२ को बजेटका सन्दर्भमा छलफल गरेको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाको अध्यक्षतामा छलफल कार्यक्रम भएको हो ।

कार्यक्रमको  बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आएका सुझावहरुलाई पुजीको रुपमा राख्ने बताउनुभयो । आवश्यकता र ठाँउको भौगोलिकता हेरेर सन्तुलित र परिणाममुखी बजेट बनाउने बताउनुभयो । बजेट बनाउने सन्दर्भमा छलफलबाट आएका सुझाव मार्गदर्शकका रुपमा रहने पनि उहाँको भनाई थियो । उहाँले छलफलमा राजस्वको बाटोहरु खोल्ने, खनिज पदार्थ उत्खननको लागि अध्ययन गर्नेलगायतका कामहरु खोजी गर्ने प्रस्ताव गर्नुभयो । कर बढी लिने भन्दा पनि करको दायरा बढाउने बताउनुभयो । अनावश्यक भैरहेका चुहावट नियन्त्रण एवम्  अनावश्यक लगानी समेत रोक्ने उहाँको भनाई थियो । बितरणमुखी भन्दा पनि परिणाम मुखी बजेटमा जोड दिने मन्त्री थपलियाले बताउनुभयो । 

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् पुर्व आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशमा स्रोत कम रहेपनी धेरै  काम  गर्नुपर्ने  बताउनुभयो । पहिले बहुबर्षिय आयोजनाको स्रोत सुनिस्चित गरेर अरु बजेट बिनियोजन गर्न उहाँले आग्रह गर्नुभयो । बजेट भावनामा भन्दा आवस्यकतामा बनाउन सुझाव दिनुभयो । 

कार्यक्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले लाभको क्षेत्र छनोट गरि इको टुरीजमलाई जोड दिन सुझाव दिनुभयो । ग्रिन इको टुरीजम, सांस्कृतिक टुरीजमलगायतका कुराहरु बजेटमा समावेस गर्न उहाँले आग्रह गर्नुभयो । कृषि क्षेत्रमा किसान‌को हातमा पैसा पर्नेगरी लगानी गर्न पनि उहाँको सुझाव थियो  । वन क्षेत्रलाई उद्यमशिलता र उत्पादनमा जोड्नुपर्ने पनि उहाँको भनाइ थियो । विद्यार्थी र विद्यालयको ब्यवस्थापन हुने कार्यक्रमको योजना ल्याउन पनि उहाँले सुझाव दिनुभयो । संघीयतालाई लक्षीत गरी समाजवाद उन्मुख अर्थतन्त्र छुने कार्यक्रमको सुरुवात गर्नुपर्ने बताउनुभयो । लगानी बोर्ड स्थापना एवम् आर्थिक सम्भावनाका ढोकाहरु खोल्न पर्ने समेत बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज चौलागाईंले योजना बनाउदा माग र आवश्यकता दुबै समेट्नुपर्ने बताउनुभयो । खास खास क्षेत्रलाई पर्यटन प्रवर्द्धन गरि लगानी गर्न सुझाव दिनुभयो । युवा केन्द्रित कार्यक्रम ल्याएर देशमा बस्ने वातावरण बनाउन माग गर्नुभयो । वैदेशिक रोजगारीबाट देशमा भित्रीएको रेमिटान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउने कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । रास्ट्रीय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले प्रदेशको आम्दानी स्थायी बनाउने गरि बजेट बनाउनुपर्ने बताउनुभयो । चुनाव लक्षित भन्दापनी जनताको अपेक्षा अनुसार उत्पादनमुलक  बजेट बनाउन सुझाव दिनुभयो ।

यस्तै एकीकृत समाजवादीका नेता कृष्ण प्रसाद शर्मा खनालले राजस्व वृद्धिमा ध्यान दिन सुझाव दिनुभयो । उद्योग कलकारखाना स्थापना गर्न प्रोत्साहन गर्ने, अनावश्यक बजेट कटौती गर्ने लगायतका कार्य गर्न सुझाव दिनुभयो । बजेटमा सन्तुलन गरेर जनताको अपेक्षा पनि पूरा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक गोबिन्द लम्साल, नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेल,  नेकपा माओवादी केन्द्र मुख्य सचेतक रत्न प्रसाद ढकाल, नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले, कन्चनचन्द्र वादे, पुर्व मन्त्री एवम एकीकृत समाजवादीका प्रदेश सभा सदस्य बसन्त नेकपा एमालेका प्रदेश सभा सदस्य ज्ञानबहार लामा, राप्रपाका प्रदेश सभा सदस्य कुमारी तामाङ, लगायत मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्त्रालयका सचीव कृष्ण प्रसाद मैनालीले छलफल कार्यक्रमको बिषयमा प्रकाश पार्नुभएको थियो । 

आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशभित्र परिचालन र प्रवर्द्धन गर्न सकिने तुलनात्मक लाभका क्षेत्रहरु, राजस्वका दर परिमार्जन, दायरा विस्तार लगायतका विषयहरु समेटिने गरी राजस्व वृद्धि सम्बन्धी, अनावश्यक चालु खर्च कटौती गर्दै सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्ने उपायहरु, बजेट कार्यान्वयनमा प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्धलाई, प्रभावकारी बनाउन आवश्यक सुझावहरु, बजेटलाई सन्तुलित र मागमा आधारित बनाउन आवश्यक सुझावहरुका बारेमा छलफल भएको हो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version