चितवन, जेठ ४ – श्री माध्यमिक विद्यालय ढड्डाघारी भरतपुर –१६ ले नमुना निर्वाचन मार्फत विद्यालयको सदन कप्तान, उपकप्तान र छात्र प्रमुख, छात्रा प्रमुख चयन गरेको छ । प्रत्यक्ष प्रथम हुने निर्वाचन पद्धति मार्फत माध्यमिक विद्यालय ढड्डाघारीमा अध्ययनरत विद्यार्थिहरूले शैक्षिक सत्र २०८१ का लागी आ– आफ्ना प्रतिनिधिहरू चुनेका हुन । कुल २८ जना उम्मेदवारहरू सहभागी  निर्वाचनमा,  ४ सदन का कप्तान – सहकप्तान, बिद्यालय छात्र/ छात्रा प्रमुख गरि १० जना उम्मेदवारहरू निर्वाचित भएका हुन।
मतदान परिणाम अनुसार विद्यालय छात्र प्रमुख तर्फ रामसिह मोक्तान, र छात्रा प्रमुख तर्फ अस्मिता तामाङ निर्वाचित भएका हुन। त्यसैगरी ४ वटा सदन का कप्तान र उपकप्तानमा , रातो सदनबाट यनुस बि.क.-कंचन गुरुङ निलो सदनबाट सचिना थापा (मत बराबर भएकोले गोला प्रथाबाट) – रजिस्मा अधिकारी, हरियो सदनबाट मिसन गुरुङ – सोनिया नेपाली, पहेँलो सदनबाट नुसन गुरुङ – सुनिल पौडेल निर्वाचित भएका छ्न ।
निर्वाचन अधिकृतको भुमिकामा समेत रहनुभएका विद्यालय अतिरिक्त कृयाकलाप संयोजक शिव पौडेलले जनाए अनुसार विद्यालयले विद्यार्थी नेतृत्व निर्वाचन मार्फत छनौट गर्ने यो कार्यक्रम विद्यालयको प्रथम अभ्यास हो। 
निर्वाचन उम्मेदवारी मनोनयन, निर्वाचन आचार संहिता,दावी बिरोध – फिर्ता अनि प्रचार प्रसारको लागि निश्चित समय समेत दिएर गरिएको यस नमुना निर्वाचनले  वास्तविक निर्वाचनको पुर्ण अनुसरण गरेको थियो।
नमुना निर्वाचनले विद्यार्थीहरूमा सहज, सरल र स्वभाविक रूपमा नेतृत्व क्षमता को विकास गराउदै, राजनीतिक सामाजिकिकरण को स्व स्फुर्त अभ्यास र विकास गराउने विद्यालयको उद्देश्य रहेकोअतिरिक्त क्रियाकलाप संयोजक पौडेलले बताउनुभयो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version