चितवन, बैशाख २९ – भरतपुरमा विज्ञापन कर नतिर्ने व्यबसायिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका विज्ञापनजन्य बोर्डहरु धमाधम हटाउन थालिएको छ ।

विभिन्न कम्पनीले भरतपुर क्षेत्रका पसल र सडकहरुमा विज्ञापनजन्य बोर्ड राखेर आफ्नो विज्ञापन गरिरहेका र त्यसबापतको विज्ञापन कर महानगरपालिकालाई नबुझाएपछी बोर्डहरु हटाउन थालिएको हो । केही कम्पनीहरुले विगत तीन वर्षदेखि कर नतिरेपछि व्यावसायिक बोर्ड हटाउने काम लाई तिब्र बनाइएको हो ।

कर नतिर्ने कम्पनीको बोर्डहरु महानगरपालिकाको समन्वयमा प्रनिश कन्स्ट्रक्सनले हटाउन थालेको हो । गत हप्ता महानगर क्षेत्रका भरतपुर , नारायणगढका विभिन्न स्थानमा रहेका अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक ब्राण्डका बोर्डहरु हटाइएको थियो ।

भरतपुरमा कर उठाउने जिम्मा पाएको प्रनिश कन्स्ट्रक्सनले पटकपटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेपछि बोर्ड हटाउन सुरु गरिएको प्रनिश कन्स्ट्रक्सनका प्रतिनिधि दिपक घिमिरेले जानकारी दिए । उनले चरणवद्धरुपमा कर न तिर्ने कम्पनीका विज्ञापनजन्य बोर्डहरु हटाइने बताए । अनाधिकृत रुपमा राखिएका कम्पनीका बोर्ड हटाउदै जाने र कर नतिर्ने वित्तीय संस्था, शैक्षिक संस्था लगायका संघसंस्थाको विज्ञापन बोर्ड समेत हटाउन सुरु गरिने जानकारी दिए ।

व्यसायको बोर्ड राख्दा ३० स्क्वायर फुट भन्दा बढीको बोर्ड राख्न नपाइने महानगरको नियम रहेको र ३० स्क्वायर फुटभन्दा बढी साइजका बोर्ड राख्ने व्यासायीहरुसँग महानगरपालिकाले कर लिने गरेको छ । कर नतिरेमा ती व्यवसायीको ठूला बोर्ड पनि हटाइने योजना रहेको घिमिरेले बताए ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version