क्रिकेटर सन्दीप लामिछानेले पुनः आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेका छन्।

मंगलबार बेलुका उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई केही समाजिक अभियन्ता भनाउँदाहरुले फसाएको दाबी गर्दै गौशला २६ सँगको जुनसुकै सम्बन्ध पुष्टि गर्न चुनौती दिएका छन्।

उनले यदि उक्त कुरा प्रमाणले पुष्टि हुन्छ भने आफूलाई फाँसीको सजाय दिन पनि भनेका छन्। विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर भएपछि सन्दीप विक्षिप्त रुपमा सामाजिक सञ्जालमा पोखिएका छन्।

सन्दीपलाई एक किशोरी बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुर्नरा निवेदन गरेका छन्। तर उच्च अदालतले विभिन्न बहानामा सुनुवाइ नगर्दा सन्दीपले यस्तो पीडि व्यक्त गरेका हुन्।

पछिल्लो पटक लगातार तीन पटक उनको मुद्दामा पेसी तोकेर पनि उच्च अदालतले सुनुवाइ गरेन। उच्च अदालतले सुुनवाइ नगर्दा सन्दीपले सर्वोच्च अदालत जाने वा सफाइ पाउने भन्ने मौका पाएका छैनन्।

यही बिचमा विश्वकपका लागि नेपाली टोलिको घोषणा भयो र बलात्कार मुद्दामा दोषि ठहर भएका सन्दीप टोलिमा अटाएनन्। अदालतले सुनुवाइ ढिला गर्दा विश्वकप खेल्ने सपनामा चोट परेपछि उनले एक पछि अर्को स्टाटसमार्फत आक्रोस र पीडा व्यक्त गरिरहेका छन्।

यस्तो छ उनले मंगलबार साँझ लेखेको स्टाटसः

धेरै समय मौनतामा बसी रहेँ, आफूलाई अन्धकारमा राखी रहेँ। अनि प्रतीक्षामा पल पल बाचिरहेँ। मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसेँ।

कानून व्ययवसायीले भन्नुहुन्छ -तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ. न तथ्यले न प्रमाणले , न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ। तर मैले कति सहनुर ? म न्याय माग्दा माग्दा सिथिल भई सकेँ।

सामाजिक संस्था र सामाजिक संजालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिद‍ीहरु रहेछन् ।अनि केही प्रभाव पार्ने पत्र पत्रिका। ती तथाकथित र भनौंदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो उहाँहरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै साबित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्, मलाई ८ बर्ष ले पुग्दै पुग्दैन।

तपाईंहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाले बुझेको छ। म कानुनले होइन अनुमान र एकतर्फी भनाइले दोषी भएको छु। त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारको लागि गम्भीर दुर्घटना हुनेछ । लेखी राख्नु भगवानले हेरिरहेका छन् व्यक्ति भन्दा माथि।

ती तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरु यति स्वार्थी र अपराधि रहेछन् कि जो बास्तबिक पिडितहरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ती तथाकथित अभियन्ताहरु जसले एउटा खोल ओडेर अर्को ब्यवसाय गर्छन्।

मैले यती लेखिरहँदा अब केहिले मलाई पीडितको नाटकीय त्रूप फाल्यो भनेर लेख्लान्। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानैदेखि धर्म मा विश्वास गर्ने व्यक्ति हु , जो जो यो बनावटी अभियोगको अभियानमा खटिरहनु भएको छ, कानुनले नहोला धर्मको अग्निपरिक्षामा तपाईहरुले आफ्नो कर्मको फल भोग्नु हुनेछ।

यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकि छ। फेरि भन्छु यो घटना घटेको होइन, घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशितामा विश्वास र सहानुभूति राख्नेहरूसंग म जीवन भर ऋणी रहने छु।

फेरि पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियन्ताहरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्षले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस्।बिन्ती छ।

सन्दिप लामिछाने

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version