काठमाडौँ —सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इन्टरेनेट सेवा पहिलेकै गतिमा सञ्चालन गर्न पहल भइरहेको बताएकी छन् । उनले इन्टरनेट सेवामा आएको समस्याबारे नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले गृहकार्य सुरु गरिसकेको जानकारी दिइन् । ‘एनटीएले इन्टरनेट गति बढाउन गृहकार्य गरिरहेको छ,’ कान्तिपुरसित मन्त्री शर्माले भनिन्, ‘इन्टरनेट सेवामा आएको समस्या समाधान हुनेछ ।’

वर्ल्डलिङ्क, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्कको गति कम भएपछि देशव्यापी रुपमा असर गरेको छ । मन्त्री शर्माले भारतको ब्याण्डविथ खरिदबारे समस्या भए अरु विकल्प खोजी गरिने बताए । ‘हामी अरु विकल्पबाट इन्टरनेटलाई पूरानै गतिमा ल्याइने छ,’ उनले भनिन् ।

निजी इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु रकम नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सिफारिस गरेको छैन । सेवा प्रदायकहरूले विदेशी मुद्रा सिफारिस लिन दूरसञ्चार प्राधिकरण हुँदै सञ्चार मन्त्रालय र राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ ।

मन्त्री शर्माले यससम्बन्धी मुद्दा सर्वोच्चमा विचारधीन भएकाले निष्कर्षमा नपुगेको बताइन् । ‘वैशाख २४ मा यो मुद्दाको पेसी छ,’ उनले भनिन्, ‘इन्टरनेट सेवा प्रदायक कम्पनीसँग एनटीएले छलफल गरी निकास निकाल्ने छ ।’

इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले समस्या हृयान्डल गर्नै गाह्रो भइसकेको बताएका छन् । ‘यसमा हामीले गर्न सक्ने केही छैन ।’

इन्टरनेट सुस्त र अवरुद्धसमेत भएपछि ग्राहकहरूले खोजीनीति बढाएको उनले बताए । इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ खरिद बापतको रकम भारतीय अपस्ट्रिम प्रोभाइडरलाई नबुझाएकाले भारतीय कम्पनीले इन्टरनेट काटिदिएको बताएका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version