विराटनगर । इलाम २ बाट फेरि नेकपा एमालेले जित निकालेको छ । एमालेका सुहाङ नेम्वाङले बुवा सुवासचन्द्रको विरासत धान्दै प्रतिनिधिसभा सदस्यमा इन्ट्री मारेका छन् ।

उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई हराए । गत वर्षको चुनावमा माओवादी, नेकपा एससँग गठबन्धन गरेर चुनाव लडेका खड्का सुवाससँग १४४ मतको झिनो अन्तरले पराजित भएका थिए । अहिले भने अझ फराकिलो अन्तरले उनै सुवासका छोरा सुहाङले डम्बरलाई स्तब्ध पारेका छन् ।

सुहाङ-डम्बरबीचको मतान्त्रर ५ हजार ८३० भोट छ । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गर्दा कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए । २०७९ मा सुवासले ३० हजार २० भोट ल्याएका थिए । खड्काले २९ हजार ९०६ भोट ल्याएका थिए ।

सुवास इलाम २ मा २०५६ सालदेखि नै निरन्तर विजयी हुँदै आएका थिए । गत भदौ २६ मा उनको निधनपछि रिक्त यस क्षेत्रमा यही शनिबार उपचुनाव भएको हो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version