बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपचुनाव अन्तर्गत जारी मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन्।

छबिसपाथीभेरा गाउँपालिकाका ७ वटै वडा र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मत गणना भइसकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका भण्डारीले २ हजार ८८ मतसहित अग्रता कायम राखेका छन्।

नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले १ हजार ३७२ मत ल्याएका छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह १ हजार २९१ मत सहित पछ्याइरहेका छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ८६४ मत प्राप्त गरेका छन्।

बझाङ १(१) मा जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, मष्टा गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका र खप्तडछान्ना गाउँपालिका तथा थलारा गाउँपालिकाको वडा नम्बर ९ पर्छन्। छबिसपाथीभेरा र थलारा गाउँपालिका ९ को मतगणना सकिएपछि अब ६ पालिकाको गणना गर्न बाँकी छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version