विराटनगर । इलाम क्षेत्र २ मा ५७ प्रतिशतमात्रै मत खसेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ५७ प्रतिशत मत खसेको हाे । उनले ६६ हजार मत खसेको बताए । सो क्षेत्रमा १ लाख १५ हजार ८८ मतदाता रहेका छन् ।

इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खस्ने अनुमान गरिएको भए पनि कम मत खसेकाे बताए ।

इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा भएको १९ जना उम्मेदवार रहेका छन् । उनीहरूमध्ये १२ जना दलका तर्फबाट उम्मेदवार छन् । बाँकी स्वतन्त्र उम्मेदवार छन् ।

उम्मेदवारमध्ये एमालेका सुहाङ नेम्बाङ र कांग्रेसका डम्बर खड्काबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सो क्षेत्रमा रास्वपाका मिलन लिम्बू र पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिमको समेत प्रभाव रहेको देखिन्छ ।

मतदान सकिएपछि आजै मत पेटिका सङ्कलन गर्ने र रातिबाटै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत घिमिरे बताए । उनका अनुसार २ वटा काउन्टरबाट मत गणना हुनेछ । उनले मतगणनाको आवश्यक तयारी भएको बताए । इलाम ७ मा रहेको गौतमबुद्ध सभाहल (सिटी हल) मतगणनाका लागि तयारी अवस्थामा राखिएको छ । मतगणना स्थलमा तारजाली लगाइएको छ ।

मतगणना भएसँगै सो स्थानमा कोही पनि पस्न नपाउने गरी व्यवस्था गरिएको छ । मतपेटिका सङ्कलन भएसँगै सर्वदलीय बैठक बसी आज रातिबाटै मत गणना सुरु गर्ने र भोलि बेलुकासम्ममा अन्तिम परिणाम घोषणा गर्ने गरी आवश्यक व्यवस्था मिलाएको मुख्य निर्वाचन अधिकृत घिमिरे बताए ।

उनले भने, ‘मतपत्र सानो र थोरै उम्मेदवार भएकाले छिट्टै मतगणना सम्पन्न हुनेछ । हामीले यसको तयारी गरेका छौं ।’

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version