इलाममा आजै मतगणना सुरू गर्ने तयारी गरिएको छ।

इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै बेलुकादेखि मतगणना सुरू गर्ने तयारी रहेको जानकारी दिए।

‘अहिले मुचुल्का गर्ने र मतपेटिका जम्मा पार्ने काम भइरहेको छ, प्रक्रिया पूरा गरी आजैदेखि मतगणना सुरू गरौं भन्ने छ,’ उनले भने।

मतपेटिका ल्याउन अप्ठ्यारो नभएको र सबै केन्द्रहरूमा सडकबाटै मतपेटिका ल्याउन सकिने भएकाले आजै गणना सुरू गर्न सम्भव रहेको पनि उनले बताए।

इलाम-२ को मतगणना सदरमुकामस्थित सिटी हलमा हुनेछ।

त्यहाँ तारजालीदेखि सिसी क्यामेरासम्म सबै पूर्वाधारसहित मतगणनास्थललाई सुरक्षित बनाइएको उनले घिमिरेले जानकारी दिए।

Laxmi bank
‘मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक गरी मतगणना सुरू गर्नेबारे निर्णय हुन्छ,’ उनले भने।

इलाममा यसपालि करिब ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।

बझाङमा भने आजै मतगणना सुरू गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइकेलले जानकारी दिए।

साइपालबाट मतपेटिका ल्याउन हेलिकोप्टर तयारी अवस्थामा राखिएको भएपनि पानी परेका कारण मौसम अनुकूल नभएको उनले बताए।

‘भोलिसम्म मौसम खुल्छ त्यसपछि मात्रै गणना सुरू हुन्छ,’उनले भने।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version