काठमाडौं- गत १० गते नै नेपाल आउने भनिएको नेपाल एयरलाइन्सको नाइन एन एकेएक्स न्यारोबडी जहाज पुन: ५ दिन ढिला गरी आज शनिबार राति १० बजे काठमाडौं आइपुग्ने भएको छ।

अप्रिल २२ मा नै जहाज नेपाल ल्याउने भन्दै सबै चालकदलका सदस्य इजरायल पुगेका थिए। तर अन्तिम समयमा जहाजको पार्किङ ब्रेकमा समस्या देखिएपछि थप पाँच दिन रोकिएको थियो। 

यो जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड थियो। १ सय ४६ दिन पछि जहाज पुन: भाडाकै इन्जिन राखेर इजरायलबाट नेपाल आउन लागेको हो।जहाजमा सन् २०२३ को जुनमा बिग्रिएर मर्मत गरिएको इन्जिन राखिएको छ। नोभेम्बर ३० मा बिग्रिएको इन्जिन झिकेर त्यसको सट्टामा जुनमा बिग्रिएर मर्मत गरेको इन्जिन राखिएको हो। जहाजमा अर्को सेप्टम्बर २८ देखि भाडामा प्रयोग गरिएकै इन्जिन राखेर नेपाल ल्याउन लागिएको हो।

नोभेम्बर ३० मा बिग्रिएको इन्जिन भने अझ मर्मत सुरु भएको छैन। यो इन्जिन मर्मत नहुँदासम्म जहाजमा एउटा इन्जिन भाडाको नै हुने छ। २०२३ को जुन २० सेप्टेम्बर २८ देखि नोभेम्बर ३० सम्म गरी जम्मा ६३ दिन मात्रै उडानमा छ।  पछिल्लो पटकमात्रै यो जहाज १ सय ४६ दिन ग्राउन्डेड छ। 

२०२३ को नोभेम्बर ३० मा ग्राउन्डेड जहाज २०२४ को जनवरी ११ मा इजरायल लगरेर राखिएको थियो। निगमको न्यारोबडी जहाजको इन्जिन मर्मतको जिम्मा इजरायलको ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज’ (आईएआई) दिएको थियो। यही जहाज जुन २० मा इन्जिनमा समस्या आएर ग्राउन्डेड हुँदा सेप्टेम्बर २८ सम्म ग्राउन्डेड भएको थियो। 

उक्त समयमा जहाज १ सय १ दिन ग्राउन्डेड भएको थियो। १ सय १ दिन ग्राउन्डेड जहाजमा दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८  र प्रतिसाइकल २ सय ३९ डलरमा इन्जिन भाडामा लिएर जहाज उडानमा आएको थियो। उक्त समयमा पनि निगमले १ अर्ब २१ करोड भन्दा बढी आम्दानी गुमाएको थियो।

सम्रगमा १० महिनमाको अवधिमा जहाज जम्मा २ महिना मात्रै उडानमा आएको हो। १ सय ९ महिनाको अवधिमा जहाज २ सय ४७ दि ग्राउन्डेड भएको हो। २ सय ४६ दिन ग्राउन्डेड हुँदा निगमले ३ अर्ब आम्दानी गुमाएको छ। जहाज उडानमै नरहँदा समेत ३ करोड रुपैयाँ भन्दा बढी भाडाको इन्जिनमा खर्च गरेको छ। सबै खेलमा मुख्य दोषी निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी हुन्।

यस्तो छ जहाजको इन्जिन मर्मत तथा भाडा च्रक

२०२३ को जुन २० मा जहाजको वायाँ इन्जिनमा समस्या देखियो। जहाज मर्मत नगरी उडान गर्न निमल्ने भयो। जहाजको इन्जिन मर्मतको प्रक्रियामा ढिलाई गरियो।

जहाजको इन्जिन मर्मत तथा भाडामा लिने गरी एउटै कम्पनी छनोट भयो। निगमले सेटिङमा एउटै कम्पनीलाई २ वटा काम दिएको थियो। निगमले ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज’ (आईएआई)लाई इन्जिन मर्मत तथा भाडाका लागि जिम्मेवारी दियो।

 त्यसपछि जुन २० माा ग्राउन्डेड जहाज सेप्टेम्बर २८ मा भाडाको इन्जिन राखेर उडानमा आयो।  इन्जिन मर्मतका लागि छोडियो। इन्जिन ६५ दिनमै मर्मत गरेर दिन सम्झौता भयो। अप्रिल २७ मा मात्रै जुनमा बिग्रिएको इन्जिन मर्मत गरेर दियो। भाडाको इन्जिन हालेर उडानमा आएको जहाज फेरि नोभेम्बर ३०मा ग्राउन्डेड भयो। त्यो बेला जहाजको दाया इन्जिनमा समस्या देखियो।

 तर ६५ दिनमा मर्मत गरेर इन्जिन दिने भनेको ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज’ (आईएआई)ले इन्जिन दिन सकेन। जसका कारण जहाज १ सय ४६ दिन ग्राउन्डेड भयो।

सम्झौता अनुसार इन्जिन मर्मत भएको भए एक साता भन्दा बढी जहाज ग्राउन्डेड हुने थिए। अहिले नोभेम्बर ३०मा बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर जुनमा बिग्रिएको इन्जिन र भाडाको एउटा इन्जिन राखेर जहाज उडानमा आएको हो। अजै निगमको एउटा इन्जिन मर्मत हुने छ।

अब त्यो इन्जिन मर्मत नहुँदासम्ममा जहाजमा भाडाको एउटा इन्जिन प्रयोग हुने छ। जसबापत निगमले दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ र प्रतिसाइकल २सय २९ डलर तिरेर जहाज उडान गर्ने छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version